Rule 27
चिरान वा प्रशोधन गरेर बिक्री गर्नु पर्ने
(१) यस नियमावली बमोजिम:गोलिया काठ खरिद गर्ने उद्योगले गोलिया काठ चिरान वा एक तह प्रशोधन गरेर मात्र बिक्री वितरण गर्नु पर्नेछ।

(२) यस नियमावली बमोजिम छोडपुर्जी भएका गोलिया काठ चिरान गरेपछि सःमिलले डिभिजन वन कार्यालयबाट ईजाजत प्राप्त गरी सो कार्यालयमा दर्ता गराएको टाँचा प्रयोग गरी ओसारपसार गर्नु पर्नेछ। (३) कुनै उच्योगले जिल्लाभित्र चिरान काठ बिक्री तथा ओसारपसार गर्दा मूल्य अभिवृद्धि करको बिल .बिजकको आधारमा गर्न सक्नेछ।

(४) कुनै उद्योगले यस नियम बमोजिम खरिद गरेको काठ वा दाउरा चिरान गरी निस्किएको स-साना टुक्रालाई प्रविधिको प्रयोग गरी जोडेर तयार पारेको, काठ डिभिजन वन कार्यालयबाट प्रमाणित गराई बिक्री गर्न सक्नेछन्‌ ।

(५) यस नियम बमोजिम काठ चिरान गरी बिक्री गर्ने उद्योगले चिरान काठको त्रैमासिक विवरण डिभिजन वन कार्यालयमा पेस गर्नु पर्नेछ।

(६) कुनै पनि व्यक्ति, निकाय, उद्योग, सङ्घ, संस्था वा समूहले रुख कटानका लागि स्वचालित आरा (चेन स) खरिद गरेमा डिभिजन वन कार्यालयमा त्यस्तो स्वचालित आरा सूचीकृत गर्नु पर्नेछ।